अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको मध्यपहाडी यात्रा आजबाट कोशी प्रदेशमा

नेकपा एमालेको मध्यपहाडी यात्रा आजबाट कोशी प्रदेशमा



काठमाडौं- नेकपा एमालेले दुईहप्ता अघि देखि जारी राखेको समृद्धि संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो राती अबेर रामोपको मन्थली आइपुगेको यात्रा टोलीले आज बागमती प्रदेशका रामेछाप र सिन्धुली जिल्ला पार गर्दै कोशी प्रदेशको उदयपुर स्थित घुर्मीमा आमसभा गर्नेछ । आज सिन्धुलीको खुर्कोट, ओखलढुंगाको हर्कपुर र खोटाङको हलेसीमा स्थानीय बासिन्दा,कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्दैछ । आजको बास खोटाङको दिक्तेलमा हुनेछ । १९ दिने यात्राको सबै भन्दा छोटो दुरी आजको यात्रामा पार गर्नुपर्ने छ । नेताहरुका अनुसार आज ६६ किलोमिटरको दुरी पार गर्दा गन्तव्यमा पुगिनेछ । यात्राको छैटौं दिन अर्थात मंसिर १९ गते टोलीले सबैभन्दा लामो दुरी १९२ किलोमिटरको यात्रा पार गरेको थियो । त्यस दिन सुर्खेतबाट रुकुमकोट आएर टोली बास बसेको थियो
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुष १ गते समापन हुदैछ ।