अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेलविरुद्ध सांसद अमरेश सिंहको रिटमा आज सुनुवाइ हुँदै

एनसेलविरुद्ध सांसद अमरेश सिंहको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौँ–दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । 

लगातार दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।  

गएको शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी आजलाई तोकिएको छ ।  

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।