अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका जातीय पहिचानवादीलाई प्रचार विभाग प्रमुख गौतमको आग्रह : जनताको समृद्धि यात्रामा तगारो नहाल्नुहोस

कोशीका जातीय पहिचानवादीलाई प्रचार विभाग प्रमुख गौतमको आग्रह : जनताको समृद्धि यात्रामा तगारो नहाल्नुहोस


काठमाडौं- मध्यपहाडी संकल्प यात्राका क्रममा कोशी प्रदेशमा बन्द,हडताल र अबरोध नगर्न नेकपा एमालेले आग्रह गरेको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले एक भिडियो सन्देश जारी गर्दै आज देखि कोशी प्रदेश प्रवेश गर्न लागेको अभियानलाई अवरोध हैन सफल बनाउन सहयोग गर्न पार्टीको तर्फबाट आग्रह गर्नुभएको हो । जनताको विकास र समृद्धि प्रतिको आकांक्षालाई सम्बोधन गरेर अघि बढनका लागि आयोजना गरिएको राष्ट्रिय अभियान भएकाले अभियानलाई छेक्ने,अवरोध गर्ने,बन्द गर्ने कार्य नगर्न उहाँले आन्दोलनरत जातीय समूहलाई आग्रह गर्नुभएको हो ।
एमालेलाई मात्रै निशाना बनाएर गरिने बन्द,हडताल लोकतान्त्रिक हुन नसक्ने नेता गौतमको भनाई छ । आफना असहमति भए औपचारिक रुपमा संवैधानिक र शान्तिपूर्ण ढंगले सम्बन्धित निकायमा राख्न उहाँले सुझाव दिनुभएको छ । कोशी नामको सवाल कोशी प्रदेश सभाको भएकाले कोशी प्रदेश सभामा राख्नुपर्नेमा उहाँको जोड छ ।