अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्रा कोशीमा शानदार रुपमा सफल हुन्छ : घनश्याम खतिवडा

मध्यपहाडी यात्रा कोशीमा शानदार रुपमा सफल हुन्छ : घनश्याम खतिवडा


काठमाडौँ–नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा कोशी प्रदेशमा शानदार ढंगले सफल हुने बताउनुभएको छ । यो यात्रामा सहभागी हुन उहाँले प्रदेशबासीहरुलाई आग्रह गर्नुभएको छ ।
एमालेको बिचारसँग असहमती राख्ने केही समुहरुले अवरोधको प्रयास गर्ने सुईंको आफूले पाएको खतिवडाले बताउनुभयो । देशको ठूलो राजनीतिक दल,त्यसका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टीको हाइकमाण्ड सहभागी यो यात्रा मध्यपहाडको विकास र समृद्धिका लागि जनतासँग साक्षत्कार गर्ने कार्यक्रम भएकोले यसमा अवरोध गर्नुपर्ने कुनै कारण नभएको खतिवडाले बताउनुभयो ।
अध्यक्ष खतिवडाले जातीय पहिचानवादीहरुले एमालेको यात्रालाई अवरोध नगर्नेमा आफू आशावादी रहेको बताउनुभयो । उदयपुरको घुर्मीबाट यो बेला डट कमसँग कुरा गर्दै खतिवडाले लोकतन्त्रमा विरोध, आफ्ना अधिकार, आवाज, आफ्ना भनाइ राख्न पाइने भन्दै उहाँले बल प्रयोग गरेर एमालेको यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो ।
अध्यक्ष खतिवडाले एमालेको यात्रा नरोकिने प्रष्ट पार्न भयो । उहाँले भन्नुभयो यात्रा रोकिँदैन । हामीले रोकिनुपर्ने, रोक्नुपर्ने केही कारण छैन । हामी कसैप्रति लक्षित गरेर यो अभियान गरिएको पनि छैन । त्यसैले हामीप्रति पनि लक्षित भएर यसलाई अवरोध पुर्‍याउने काम कसैबाट हुनुहुँदैन ।
अध्यक्ष खतिवडाले एमालेको समृद्धिका लागि संकल्प यात्रालाई सफल बनाउन राज्यले पनि वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । ुप्रशासनले हामीलाई सुरक्षा दिएर लग्नुपर्छ । कार, प्रतिकार भन्ने शब्द अहिले हामीले बिर्सिएका छौँ । त्यो हाम्रो विषय पनि होइन । त्यतातिर हामीले सोचेका पनि छैनौँ । प्रशासनले शान्ति सुरक्षा व्यवस्था मिलाउनुपर्छु, उहाँले भन्नुभयो ।
अध्यक्ष खतिवडाले एमालेको मध्यपहाडी यात्रा राजनीतिक प्रतिस्पर्धाका लागि नभएकाले पार्टी कसैसँग मुठभेड गर्ने पक्षमा नरहेको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,ुहाम्रो सिंगो राष्टको समृद्धिको अभियानलाई बोकेर हिँडेका छौँ । समृद्धिका लागि संकल्प यात्रा हो । समृद्धि विकास निर्माण सबैलाई चाहिएको छ । सुखी नेपाली र समृद्धि नेपाल निर्माण गर्ने एमालेको अभियान हो । त्यो अभियानभित्र हामी केन्द्रित भएर लाग्छौँ ।
एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै छ । त्यसका लागि तयारी पुरा भएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । उहाँले आज बिहान साढे ११ बजे घुर्मीमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताको स्वागत गरिने जानकारी दिनुभयो । घुर्मीमा १ बजे जनसभा गरेर त्यसपछि भेटघाट गर्दै खोटाङ प्रवेश हुने उहाँले बताउनुभयो । एमालेको मध्यपहाडी यात्राको टोली आज खोटाङको दिक्तेल बजारमा बास बस्नेछ ।