अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडलाई विकासको मूलधारमा जोडन मध्यपहाडी यात्रा गरियो : शेरधन राई

मध्यपहाडलाई विकासको मूलधारमा जोडन मध्यपहाडी यात्रा गरियो : शेरधन राई


काठमाडौँ–नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले मध्यपहाडलाई देश विकासको मूलधारमा जोडन मध्यपहाडी यात्रा गरिएको बताउनुभएको छ ।

उहाँले देशको सम्बृद्धिका लागि मध्यपहाडसँग सम्भावनाको खानी रहेकाले ती सम्भावनाको पहिचान गरिने बताउनुभयो । यात्राका क्रममा मध्यपहाडको विकास, सम्बृद्धि, पूर्वाधार, कृषि, पर्यटन, मध्यपहाडका जनताको अवस्थाका बारेमा जानकारी हासिल गरिने उहाँको भनाई छ । 

“जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न यो यात्रा महत्त्वपूर्ण हुने छ” स्थायी कमिटी सदस्य राईले प्रष्ट पार्नुभयो । सबै जातजातिको भाषा संस्कृतिको प्रवर्धनमा यो यात्राले भूमिका खेल्ने छ । 

कोशी प्रदेशमा आजदेखि सुरु हुने यात्रामा ठाउँ –ठाउँमा जातीय झाँकी प्रस्तुत गर्ने कार्यक्रम छ । उहाँले यो सम्बृद्धिको यात्रामा कोशी प्रदेशका नागरिकलाई पायक पर्ने ठाउँमा सहभागी हुन आग्रह गर्नुभयो । 

मध्यपहाडको सम्बृद्धिका लागि आयोजना गरिएको राष्ट्रिय अभियानलाई अवरोध नगर्न उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।