अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हर्कपुरमा एमालेको संकल्प यात्राको तयारी पूरा 

हर्कपुरमा एमालेको संकल्प यात्राको तयारी पूरा 


हर्कपुर-नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका लागि हर्कपुरमा हुने आमसभाको तयारी पुरा भएको छ । 

पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला भइरहेका छन् । 

एमालेले सभाको लागि गाउँगाउँबाट करिब १५ हजार मानिस उतार्ने एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । 

सभाका लागि युवा तथा जनसंगठनको स्वयंसेवक टोली परिचालन गरिएको छ । कार्यक्रम स्थलमा हजारौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

मंसिर १४ गतेबाट सुरु भएको अभियान आजदेखि कोशी प्रदेशमा प्रवेश गर्नेछ । कोशीमा आजदेखि सुरुमा भएको अभियान पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।