अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोज्ने तीन जना पहिचानवादी पक्राउ

एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोज्ने तीन जना पहिचानवादी पक्राउ


काठमाडौँ–नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोज्ने तीन जना पहिचानवादी पक्राउ परेका छन् । एमालेको मध्यपहाडी यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका  हुन् । 

पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुज्न नसकेको खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । 

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले  एमालेको अभियानलाई अवरोध गर्ने बताउँदै आएको छ । तर एमाले पार्टीको अभियानलाई अवरोध नगर्न आग्रह गरेको छ । 

मङ्सिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपहाडी सङ्कल्प यात्रा आज कोशी प्रदेशको उदयपुरस्थित घुर्मीबाट प्रवेश गर्दैछ ।