अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ

एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ


काठमाडौं-नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपा माओवादी केन्द्रका पूर्व नेता गोपाल किरातीसहितलाई प्रहरीले पक्राउ गरेको हाे।

किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ। पक्राउ परेका किरातीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको प्रतिक्रिया दिएका छन्।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचानको नाममा आन्दोलन थालिएको हो।

एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका हुन्।

कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ।