अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लागुऔषध कारोबारी पक्राउ गर्न झम्सीखेलमा प्रहरीले गोली चलायो

लागुऔषध कारोबारी पक्राउ गर्न झम्सीखेलमा प्रहरीले गोली चलायो


ललितपुर-ललितपुरको झम्सीखेलमा लागुऔषध काराबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो।

महाशाखाको टोलीले गोली प्रहार गरेर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।

उदयपुरका अविनास राई पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले पेस्तोल पनि बरामद गरेको छ। उनको साथबाट प्रहरीले लागुऔषध आइस बरामद गरेको महाशाखाका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो।