अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ८४ एमालेका लागि नभएर देशको समृद्धिका लागि हो: अध्यक्ष ओली

मिसन ८४ एमालेका लागि नभएर देशको समृद्धिका लागि हो: अध्यक्ष ओली


ओखलढुंगा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन २०८४ देशको समृद्धि र विकासका लागि चाहिएको बताउनु भएको छ।

पार्टीले मंसिर १४ गतेबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा ‘अन्तर्गत आज ओखलढुंगाकाे हर्कपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले मिसन ०८४ एमालेका लागि होइन देशको समृद्धि र विकास लागि चाहिएको बताउनुभएको हाे।

अध्यक्ष ओलीले मिसन ०८४ यस देशका लागि आवश्यक रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘मिसन २०८४ एमालेका लागि होइन, देशको समृद्धि र विकास लागि चाहिएको हो। सवल राष्ट्रिय शक्तिका लागि एकल बहुमत हुनुपर्छ। बहुमतबिना देशले समृद्धि हासिल गर्न सक्दैन। एमाले विकासको काम गर्ने पार्टी हो। अफ्ठ्यारोमा परेको देशलाई हामी सजिलोमा निकाल्छौँ। सबैजनाले एकतावद्ध भएर राष्ट्र निर्माणमा लागौँ।’

अध्यक्ष ओलीले पहिचानवादीहरूलाई भावनामा नबग्न पनि अपिल गर्नुभयो। उहाँले भन्नुभयो, ‘अनावश्यक भावनामा कोही बग्नु हुँदैन। जनताबीचमा फाटो ल्याउनु हुँदैन । राजनीतिक विचारमा मतभेद हुन सक्छ। तर ती मतभेदको समाधान वैधानिक प्रक्रियाबाट गरौँ, शान्तिपूर्ण रुपमा गरौँ, आवेश र उत्तेजनाबाट होइन।’