दमक-झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ।
आर्युवेद स्वास्थ्य शिविरमा पाँचसय जनाभन्दा बढी विरामीकाे नि:शुल्क जाँच तथा उपचार गरिएको कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेले बताउनु भयो।
क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताउनुभयो।
शिविरमा आएका विरामीहरुको नि:शुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि वितरण गरिएको छ। डा. ठाकुरको नेतृत्वमा डा.रमेश पौड्याल (सर्जन), डा.निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेस शाह, डा.मिशान्त ढकाल लगायतले जाँच तथा उपचार गर्नु भएको कविरा बेदप्रकाश शर्माले बताउनुभयो।
अस्पतालको स्तरउन्नती सहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरिएको पनि अस्पतिालका निमित्त निर्देशक डा.ठाकुरले बताउनु भयो। उहाँले क्षारसूत्र विधिबाट यस प्रकारको रोगको अब यहाँ सहज र सरल रुपमा उपचार हुने बताउनु भयो।
५० बेड क्षमताको आर्युवेद अस्पतालमा ईमरजेन्सि लगायतका सेवा समेत शुरु गर्न लागिएको छ। डा.ठाकुर आउनु अघि अस्तब्यस्त र सेवा विहीन रहेको अस्पतालले ६ महिनामा फड्को मार्दै गएको जनाइएको छ।
पञ्चकर्म, भिडियो एक्स रे, ल्याव सेवा शुरु गरेपछि विरामीको चाप समेत बढेको आर्युवेद अस्पतालले जनाएको छ। सरकारले तोकेका औषधिहरु विरामीले निशुल्क पाउदै आएका छन् । अहिले भने औषधिको केही अभाव खड्किएको छ तर सकेसम्म हामी ब्यवस्थापन गर्दैछौ, ठाकुरले भन्नुभयो ।
प्रतिक्रिया