अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले राष्ट्रिय एकता कमजोर पार्‍यो: अध्यक्ष ओली

गठबन्धन सरकारले राष्ट्रिय एकता कमजोर पार्‍यो: अध्यक्ष ओली


ओखलढुंगा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन सरकारले देशभक्ति र राष्ट्रिय एकताकाे भावना कमजाेर पार्ने काम गरेकाे बताउनुभएकाे छ।

पार्टीले मंसिर १४ गतेबाट सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत आज ओखलढुंगाकाे हर्कपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले साम्प्रदायिकता मच्चाउन खोजेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘यो सरकार साम्प्रदायिकताको जगमा उठेकाे हाे, त्यसकारण अहिले पनि साम्प्रदायिकतालाई भित्रभित्र बढावा दिइरहेको छ।’

एमालेले थालेका काम राेक्ने र जनतामा निराशा फैलाउने काम गठबन्धन सरकारले गरिरहेकाे भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभयाे। उहाँले भन्नुभयाे ,’आठ वटा ठूलाठूला ओद्याेगिक क्षेत्र छुट्याएका थियाैं, तर अहिले यी सबै ठप्प छन्, निर्माण कार्य ठप्प छ, पूर्वाधार निर्माण ठप्प छ, जनतालाई माेटिभेट गर्ने, राष्ट्रियताकाे भाव जगाउने, द‍ृढ बनाउने यी कुरा कम भएका मात्रै हाेइनन्, यी कुरातर्फ साेच्न पनि सरकारले दिँदैन, निराशा फैलाउने काम गर्छ।’

भावनामा बग्न नहुने भन्दै अध्यक्ष ओली भावनाले देश नबन्ने बताउनुभयाे । देश बनाउनका लागि बलियाे राष्ट्रिय एकता र समझदारी चाहिने उहाँकाे भनाइ थियाे। जनताकाे बीचमा फाटाे ल्याउने काम नगर्न सरकारलाई आग्रह गर्दै अध्यक्ष ओलीले जनताका बीचमा राष्ट्रिय एकताबद्ध बनाउने र एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।