अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुङ्गाका दुई माओवादी नेता एमाले प्रवेश, हर्कपुरमा अध्यक्ष ओलीद्वारा स्वागत

ओखलढुङ्गाका दुई माओवादी नेता एमाले प्रवेश, हर्कपुरमा अध्यक्ष ओलीद्वारा स्वागत


ओखलढुङ्गा-मध्यपहाडी समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा ओखलढुङ्गाका दुईजना माओवादी केन्द्रका नेता नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ। 

ओखलढुङ्गाको हर्कपुरमा आयोजित जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीमा प्रवेश गराउनु भएको हो। 

प्रवेश गर्नेहरूमा लिखु गाउँपालिका-२ का वडाध्यक्षका उम्मेदवार शिवराम खड्का र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुरेश खड्का पार्टी प्रवेश गर्नुभएको हो । 

उहाँहरूलाई अध्यक्ष ओलीले टीका र माला लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो। महासचिव शङ्कर पाेखरेल, वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललगायत नेताहरुले पार्टीमा स्वागत गर्नुभएकाे थियाे।