अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले देश र जनताको पक्षमा संकल्प यात्रा गरेको हो: अध्यक्ष ओली

एमालेले देश र जनताको पक्षमा संकल्प यात्रा गरेको हो: अध्यक्ष ओली


ओखलढुङ्गा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रा अघि बढाएको बताउनु भएको छ।

एमालेले हाल सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा मङ्गलबार उदयपुर र ओखलढुङ्गा जिल्लाको सीमा क्षेत्र हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।

देश र जनताको हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको बताउनु भयो।

उहाँले भन्न्भयो, ‘यो वास्तवमा देश जाग्नु पर्‍यो‚ तपाईं हामी जाग्नु पर्‍यो। जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्छ। यो कसैको विरुद्ध होइन‚ देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा यो अभियान हो। त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन। यहाँहरुको सजगता हामीले यहाँ आइपुग्दा जति पायौँ‚ म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु। राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आम जनतालाई अपिल र आग्रह गर्न चाहन्छु।’

अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा जनताका दैनिक जनजीवकाका विषयसँगै मुलुकको समग्र विकास निर्माण घाम लागेजस्तो उज्यालो हुने र सरकारबाट हटेपछि झ्याप्प बत्ती निभेको जस्तो चारैतिर जनमानसमा अँध्यारोको सन्नाटा छाएको जस्तो अनुभूति हुने गरेको बताउनुभयो।  

अध्यक्ष ओलीले अब हुने आम निर्वाचनमा एमालेलाई कुनै शक्तिले पनि सत्तामा जान रोक्न नसक्ने बताउनुभयो।  नेकपा (एमाले) कोशी प्रदेश कमिटीका उपसचिव देवान राईको अध्यक्षतामा भएको सो जनसभाको अवसरमा उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्या अम्बर रायमाझीले उदयपुर क्षेत्र नम्बर २ को विकासमा जोड दिनुपर्ने भन्दै कटारी अस्पतालमा ५० शय्या र उदयपुर जिल्ला अस्पतालमा एक सय शय्याको अस्पताल बनाउन जोड दिएर ज्ञापनपत्र समेत अध्यक्ष ओलीलाई बुझाइएको छ।