अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई दिक्तेलबाट अध्यक्ष ओलीले दिनुभयो जन्मदिनको शुभकामना

प्रधानमन्त्री प्रचण्डलाई दिक्तेलबाट अध्यक्ष ओलीले दिनुभयो जन्मदिनको शुभकामना


दिक्तेल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा रहेका ओलीले खोटाङको दिक्तेल पुगेर प्रचण्डलाई जन्मदिनको शुभकामना दिनुभएको हो ।

ओली ओखलढुंगाको हर्कपुरमा आयोजना गरिएको आमसाभालाई सम्बोधन गरेर खोटाङ आइपुग्नु भएको हो । अध्यक्ष ओली सहित एमालेका केन्द्रीय नेताहरु मंगलबार साँझ खोटाङको सदरमुकमा दिक्तेल आइपुग्नु भएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डसँगको तस्बिर अपलोड गर्दै लेखेका लेख्नुभएको छ, ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना ।