अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा पूर्वी पहाडमा : आज खोटाङबाट भोजपुरतिर

एमालेको मध्यपहाडी यात्रा पूर्वी पहाडमा : आज खोटाङबाट भोजपुरतिर


काठमाडौं- नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने,बिहानको खाना भोजपुरमा खाने र साँझ बास पनि भोजपुरमै बस्ने तयारी छ ।
यात्राको क्रममा हिजो मन्थलीबाट टोली घुर्मी हुँदै साँझ बास बस्नका लागि दिक्तेल पुगेको थियो । १९ दिने यात्राको सबै भन्दा छोटो दुरी हिजोको यात्रा ६६ किलोमिटर मात्र रहेको थियो । सबैभन्दा लामो दुरी यात्राको छैटौं दिन सुर्खेतबाट रुकुमकोट पुग्दाको थियो । सो दिन १९२ किलोमिटर दुरी यात्रा टोलीले पार गरेको थियो ।

एमाले समृद्धिका लागि संकल्प यात्रा नाम दिएर मध्यपहाडी राजमार्ग केन्द्रीत यात्रा जारी राखेको छ । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको यात्रामा पार्टी हेडक्वाटरका सबै नेताहरु सहभागी छन् । मंसिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुष १ गते पाँचथरमा पुगेर टुंगिदैछ ।