अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने 

काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने 


काठमाडौँ–काठमाडौँ महानगरपालिकाले आजदेखि प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । आजदेखि महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान गर्न पाइने छैन ।

महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागु हुने गरी प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो । 

कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार  सजाय गरिने महानगरको चेतावनी छ ।

महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ ले काठमाडौँ महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयसहितका सार्वजनिक स्थलमा धूम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थलाई निषेध गरेको छ ।