अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई ज्येष्ठ नागरिकको सुझाव–खोटाङमा मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिन्छ

अध्यक्ष ओलीलाई ज्येष्ठ नागरिकको सुझाव–खोटाङमा मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिन्छ


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खोटाङका ज्येष्ठ नागरिकहरूले मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिने सुझाव दिनुभएको छ । एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग  सङ्कल्प यात्रा अन्तरगत खोटाङ पुग्नुभएका अध्यक्ष ओलीलाई मदिरा उत्पादन गरी निर्यात गर्न सके स्थानीयको आर्थिक समृद्धि हुने भन्दै ज्येष्ठ नागरिकहरूले यसका लागि आवश्यक व्यवस्था मिलाउन सुझाव दिनुभएको हो ।  

ज्येष्ठ नागरिक सङ्घ खोटाङले आज बिहान अध्यक्ष ओलीलाई अनुरोध पत्र बुझाउँदै खोटाङ जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर गएको बताउनुभयो । अनुरोध पत्रमा बाहिरबाट मदिरा आयात भइरहेकाले अब यस्तो कार्य बन्द गरी खोटाङमै मदिरा उत्पादन गर्न र मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिन सुझाव दिइएको छ ।  

सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरे र सचिव राम ताम्राकारले बुझाएको अनुरोध पत्रमा मदिरा उत्पादनका लागि आवश्यक कानुनी प्रक्रियाको जिम्मा स्थानीय सरकारले लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

यस्तै मदिरा उत्पादनका लागि प्रत्येक घरमा फलफूलबाट मदिरा उत्पादन हुने १० देखि १ सय बोटसम्म रोप्ने, बिरुवा औषधि प्राविधिक सहायता वन कृषि कार्यालय र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ ।