अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाण्डेलाई संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी 

पाण्डेलाई संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी 


काठमाडौँ–सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी दिनुभएको छ । सभामुख घिमिरेले आज पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गर्नुभएको हो ।  

संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उहाँको स्थानमा सभामुख  घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोक्नुभएको छ ।  

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोक्नुभएको हो । 

सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न खोजेपनि सम्पर्क नभएको उहाँको सचिवालयले जनाएको छ ।