अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिको लागि संकल्प यात्रा राष्ट्रिय शक्ति निर्माणका लागि: शंकर पोखरेल

समृद्धिको लागि संकल्प यात्रा राष्ट्रिय शक्ति निर्माणका लागि: शंकर पोखरेल


खोटाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा पहाडी क्षेत्रको समृद्धिलाई लक्ष बनाएर गरिएको यात्रा भएको बताउनुभएको छ। 

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा बुधबार बिहान खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यात्राको मुख्य लक्ष पहाडको समग्र विकास भएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो यात्रा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई केन्द्रबिन्दुमा राखेर पहाडी क्षेत्रको समग्र विकासलाई मुख्य लक्ष बनाएर आरम्भ गरेका छौँ ।’  

एमालेको झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई सम्पूर्ण देशवासीले आफ्नो यात्रा ठानी यात्रामा सामेल भएको पोखरेलले बताउनुभयो । यात्रामा सहयोग गर्ने सबैलाई पोखरेलले धन्यवाद दिनुभयो।  

यात्राको उद्देश्य नागरिकसँगको सम्बन्ध थप सुदृढ गर्ने रहेको पोखरेलले बताउनुभयो। ‘यात्राको क्रममा स्थानीय तहमा जनतासँगको सम्बन्धलाई जीवन्त बनाउने र यसका सन्देशलाई राष्ट्रिय रूपमा सम्प्रेषण गरेर मुलुकको विकास र समृद्धिको लागि राष्ट्रिय शक्तिको विकास गर्ने योजनाको साथ यात्रा आरम्भ गरेका हौँ’, पोखरेलले भन्नुभयो।  

पोखरेलले यात्राको क्रममा नेपाली समाजको बहुसांस्कृतिक विशेषतालाई थप बलियो बनाउनको लागि प्रयत्न गर्ने बताउनुभयो । नेकपा एमाले सबै जात, जाति, भाषा र समुदायको संरक्षण गर्दै अघि बढ्ने पार्टी  भएको उहाँले स्पष्ट पार्नुभयो । 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।