अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन


खोटाङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ।

झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नु भएका ओलीले बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो।

कूल ११ करोड रुपैँया लागत अनुमान गरिएको सो आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो। सो आयोजनाका ४२० लाभान्वित घरधुरी रहेका छन्।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।