अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किराँती भेषमा अध्यक्ष ओली, भोजपुरको चखेवा भन्ज्याङमा ढोल झ्याम्टासहित भव्य स्वागत

किराँती भेषमा अध्यक्ष ओली, भोजपुरको चखेवा भन्ज्याङमा ढोल झ्याम्टासहित भव्य स्वागत


भोजपुर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीलाई भोजपुरको चखेवामा भोजपुरमा भव्य स्वागत गरिएको छ।

बैतडीबाट हिँडेको झुला घाट-चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा भोजपुर पुगेको हाे। किराँती पहिरनमा रहेका अध्यक्ष ओलीलाई स्थानीयले ढोल झ्याम्टा सहित बाजा गाजाले स्वागत गरिएको छ।

पुष्पलाल मध्यपहाडि लोक मार्ग केन्द्रित यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाँउबाट सर्वसाधारण आएका छन्। ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको छ। स्वागत गर्न आएकाहरू आफ्ना जातीय पहिरन र भेष भूषामा सजिएका छन्।