अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई जिस्काए प्रतिकार गर्छौं: शरणकुमार राई

एमालेलाई जिस्काए प्रतिकार गर्छौं: शरणकुमार राई


भोजपुर-नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले कथित पहिचानको नाममा एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभएको छ।
नेकपा एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान भोजपुर भित्रिएसँगै राईले सो चेतावनी दिनुभएको हो।

अध्यक्ष राईले भन्नुभो, ‘पहिचानका नाममा राजनीति गर्दै कसैले एमाले विरुद्ध गडबडी गर्छ भने त्यसको प्रतिकार गर्छौ, हामी चुप लागेर बस्दैनौँ।’

पहिचानको नाममा एमाले माथि आक्रमण गर्ने दुष्कर्म नगर्न पनि उहाँले चेतावनी दिनुभयो। ‘पहिचानको नाममा राजनीति गर्ने र त्यही बहानामा एमालेमाथि आक्रमण गर्ने दुष्कार्य हामीलाई स्वीकार्य छैन, हामी प्रतिकार गर्छौ’, उहाँले भन्नुभयो।

उहाँले एमालेलाई चलाउने काम नगर्न चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, ‘नेकपा एमालेलाई जिस्काउने र चलाउने काम नगरियोस्, हामी प्रतिकार गर्छौ, एमालेले कसैले नजिस्काओस् ।’