अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको मध्यपहाडी सुन्तला महिमा

महासचिव पोखरेलको मध्यपहाडी सुन्तला महिमा


काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडी क्षेत्रलाई सुन्तलाको व्यवशायीक पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
मंसिर १४ गते देखि मध्यपहाडी यात्रामा रहेका एमालेको यात्रा टोलीलाई हरेक ठाउँमा सुन्तलाले स्वागत गरेको पोखरेलले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले मंसिर १३ गते धनगढीबाट डडेलधुरा जाने क्रममा गोदावारी देखि नै सुन्तलाले स्थानीय बासिन्दाहरुले स्वागत गरेको उहाँको भनाइ छ । पश्चिम बैतडी देखि पूर्वको भोजपुरसम्म आउँदा हरेक ठाउँमा सुन्तलाका फरक फरक स्वादको अनुभव भएको उहाँको भनाइ छ ।
पोखरेलले सामाजिक सञ्जालमा मध्यपहाडको सुन्तला महिमा यस्तो छ
मध्यपहाडी राजमार्ग (पुष्पलाल राजमार्ग) झुलाघाट देखि चिवाभन्ज्याङ सम्मको समृद्धिका लागि संकल्प यात्रा अनेक विशेषतालेयुक्त रह्यो । सम्बन्ध स्थानीय र सन्देश राष्ट्रियको मर्मलाई यात्राले पुष्टि गरेको छ । यात्राका क्रममा जिवन्त रुपमा प्रकट भएका विशेषतालाई यहा क्रमशः प्रस्तुत गरिएको छ ।
सुन्तलाको सिजन, सुन्तलाको उपहार र सुन्तलाकै कुरा
यस पटको यात्रा औपचारिक रुपमा झुलाघाटवाट आरम्भ गरिएको भए पनि हाम्रो नेतृत्व टिमको यात्रा भने १३ गते विहान सुदुरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजारवाट सुरुभएको थियो । जव हामी गोदावरी हुने पहाडतर्फ लाग्यौ चुरे गाउपालिका क्षेत्र फलफुल र तरकारी खेतीको सम्भावना भएको क्षेत्र हो । त्यहाँ हामीलाई सुदुरपश्चिमका कमरेडहरुले सुन्तलावाट स्वागत गर्नु भयो । यो क्रम सुदुरपश्चिमका वैतडी, डढेल्धुरा,डोटी र अछाममा पनि कायम रह्यो । सुदुरपश्चिमवाट कर्णाली प्रदेश प्रवेश गरेपछि पनि हामीले दैलेख, सुर्खेत र जाजरकोटमा पनि स्थानिय सुन्तलाको स्वाद लिन पायौ । रातको समय परेका कारणले रुकुमपश्चिममा भने त्यो अवसर जुरेन । रुकुमपूर्वमा भने स्याउवाट स्वागत गरियो । गण्डकी प्रदेशमा आइपुग्दा वाग्लुङ, पर्वत, कास्की र लमजुङमा स्याउ र सुन्तलावाट स्थानिय जनताले यात्रा टोलीलाई स्वागत गर्नु भयो । गोर्खा, धादिङ र नुवाकोटमा पनि त्यसले निरन्तरता पायो ।सिन्धुपाल्चोक, काभ्रे र दोलखा पनि त्यसले निरन्तरता पाए । सिन्धुलीमा आइपुग्दा सुन्तलासंगै जुनारको फल थपियो । ओखलढुंगा,उदयपुर र खोटाङमा खोटाङमा पनि सुन्तला नै एउटा महत्वपूर्ण कोशेली वन्यो । भोजपुर आइपुग्दा असिनापानीले हामीलाई स्वागत गर्यो । पानी शुभ मानिन्छ । यात्राका क्रममा दैलेख देखि सुर्खेत र भोजपुरमा पानीले यात्रा टोलीलाई स्वागत गर्यो । पानीले यात्रामा केही असर गरेपनि जनताको चासो र उत्साहलाई त्यसले छेक्न सकेन । असिनापानीका कारणले भोजपुरको मौसम निकै चिसो थियो । तर त्यहाँ कोशेलीका रुपमा प्राप्त भएका सुन्तलाको स्वादले चिसोलाई समेत विर्साए । निकै स्वादिष्ट रहेछ भोजपुरको सुन्तला । वास्तवमा मध्य पहाडी क्षेत्रको हावापानी र माटो परिक्षण गरेर सुन्तला पकेट क्षेत्र निर्माण गर्न सक्ने हो भने सुन्तलाको व्यावसायिक खेतीले समेत यहाँको जीवनलाई बदल्न सक्दछ । अझै यात्रा वाकी नै छ । भोलीको हाम्रो यात्राको पहिलो गन्तव्य धनकुटा हो । धनकुटाको सुन्तला पनि प्रख्यात छ । तेह्रथुम र पाचथरमा पनि सुन्तला खेती सुरुभएकै होला । त्यहाँको सुन्तलाको स्वाद भने चाख्न वाँकी नै छ ।
यात्राका क्रममा जति सुन्तलाको स्वाद चाख्ने अवसर मिल्यो हरेक ठाउको सुन्तलामा केही न केही फरकपनको अनुभूती मिल्यो । तपाई पनि फरक फरक हावापानीका क्षेत्रका सुन्तलाको स्वाद लिन चाहनु हुन्छ भने मंसिर महिनामा मध्यपहाडी क्षेत्रको यात्रा गर्नु होस् र सुन्तलाको स्वाद लिन नविर्सनु होस् । त्यसले तपाईको यात्राको थकानलाई मेट्ने सामर्थ्य राख्दछ ।