अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा आज भोजपुरबाट धनकुटा हुँदै तेह्रथुमतिर

एमालेको मध्यपहाडी यात्रा आज भोजपुरबाट धनकुटा हुँदै तेह्रथुमतिर


काठमाडौं -नेकपा एमालेको मध्यपहाडी यात्रा आज भोजपुरबाट धनकुटा र तेह्रथुमका लागि प्रस्थान गर्दैछ ।
यात्राको १६ औं दिन भोजपुरबाट धनकुटाको लेगुवा हुँदै पाख्रिबास, हिले,सिंधुवा भएर तेह्रथुमको बसन्तपुर पुग्ने एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आज बसन्तपुरमा आमसभा हुनेछ ।
एमालेले मध्यपहाडका जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ । सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नारा सहित भइरहेको यस यात्राले मध्यपहाडका समस्याको पहिचान र समधानका उपाय पहिल्याउने जनाइएको छ ।