अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मणिपालबाट हराएका बिरामीको खोजी गर्न आज सेतीको ड्याम खोलिने

मणिपालबाट हराएका बिरामीको खोजी गर्न आज सेतीको ड्याम खोलिने


काठमाडौँ–पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामीलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता छन् । 

ज्वरोसम्बन्धी उपचारका लागि उनलाई मणिपालको इमर्जेन्सी वार्डमा राखिएको थियो ।  बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला उनी अस्पतालबाट हराएका थिए ।

उनले सेती नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । उनलाई खोज्न सेती नदीको ड्याम खोल्न लागिएको हो ।

प्रहरीले ड्यामभन्दा तलका बासिन्दालाई आज मध्याह्न १२ देखि ४ बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।