अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको तापक्रम ५.७ डिग्री सेल्सियसमा झर्‍यो  

काठमाडौँको तापक्रम ५.७ डिग्री सेल्सियसमा झर्‍यो  


काठमाडौँ–काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ । काठमाडौँमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिउँसो काठमाडौँको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बिचमा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिजो बिहान काठमाडौँमा ५ः४५ बजे ५.८ डिग्री सेल्सियस तापक्रम थियो । आज सोही समयमा एक पोइन्ट घटेर ५।७ मा झरेको छ ।  

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशभर हिमपात पर्नेछैन । आज देशका कुनै पनि भू–भागमा वर्षा र हिमपातको सम्भावना नरहेको विभागले जनाएको छ ।