अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्मथलो तेह्रथुमको वसन्तपुरमा अध्यक्ष ओली पुग्दा उर्लियो जनसागर (फोटोफिचर)

जन्मथलो तेह्रथुमको वसन्तपुरमा अध्यक्ष ओली पुग्दा उर्लियो जनसागर (फोटोफिचर)


तेह्रथुम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेह्रथुममा भव्य स्वागत गरिएको छ।

नेकपा एमाले सञ्चालन गरिरहेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान अन्तर्गत अध्यक्ष ओलीसहितको टोलीलाई तेह्रथुममा आज भव्य स्वागत गरिएको हाे।

बैतडीको महाकाली नदी किनार झुलाघाटबाट यात्रा सुरु भएको १५ औँ दिन यात्रा पूर्वको अरुण तरेर भोजपुर-धनकुटा हुँदै अध्यक्ष ओलीसहितको टोली तेह्रथुम पुग्नु भएको हाे।

वसन्तपुरको आमसभामा अध्यक्ष ओलीसहितका नेतालाई स्वागत गर्न सर्वसाधारण, वृद्धवृद्धा, कार्यकर्ताको उत्साहजनक उपस्थिति छ। कोशी प्रदेशको संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी मोरङलगायतका जिल्लाबाट नेता तथा कार्यकर्ता पुगेका छन् ।

आमसभास्थल वरपर घरका छत, बार्दली खचाखच छ । तेह्रथुम अध्यक्ष ओलीको जन्मथलो हो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।