अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई सरकारबाट हटाइएपछि देशमा अस्थिरता र अराजकता बढ्यो: अध्यक्ष ओली

एमालेलाई सरकारबाट हटाइएपछि देशमा अस्थिरता र अराजकता बढ्यो: अध्यक्ष ओली


तेह्रथुम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि देशमा राजनीतिक अस्थिरता र अराजकता बढेको बताउनुभएको छ।

पार्टीको संकल्प यात्रा अन्तर्गत बिहीबार तेह्रथुमको बसन्तपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी-विदेशी शक्ति मिलेर एमालेलाई सरकारबाट हटाएपछि देशको राजनीति अराजकतातर्फ र अस्थिरतातर्फ गएको बताउनुभयो।

एमालेको सरकारमा छँदा असाधारण ढंगले देशको विकास गरेको स्मरण गराउँदै उहाँले विकास गरेकै कारण एमालेलाई सरकारबाट हटाइएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो , ‘अढाइ वर्षअघि एमालेलाई देशी-विदेशी शक्ति अनेक तत्वहरु मिलेर षड्यन्त्रमूलक ढंगले हटाए, एमालेलाई सरकारबाट हटाएपछि देश राजनीतिक रुपले राजनीतिक अस्थिरतातरर्फ, अराजकतातर्फ, अस्थिरतातर्फ, अन्यौलतर्फ यस अवस्थाबाट गुज्रिरहेको छ।’

देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्ति देखिएका भन्दै उहाँले ती राजनीतिक नभएर अराजनीतिक प्रवृत्ति भएका समेत उहाँले बताउनुभयो।

गठबन्धन सरकार बनेपछि विकासको गति रोकिएको भन्दै अध्यक्ष ओलीले यो सरकार देश र जनताका हितमा नरहेकाले ढल्नैपर्ने समेत बताउनुभयो। सरकार जतिबेला पनि ढल्न सक्ने भन्दै उहाँले यो सरकार आफ्नै बोझले ढल्ने समेत बताउनुभयो ।

देशलाई सही बाटोमा लैजान आगामी चुनावामा एमालेको एकल बहुमत आउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो। एमालेको एकल बहुमतसहितको सरकारले मात्र राष्ट्रियता जोगाउन र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउन सक्ने उहाँले प्रष्ट पार्नुभयो ।

मिसन ८४ को अंगको रुपमा आफूहरुले संकल्प यात्रा अगाडि बढाइरहेको अध्यक्ष ओलीले बताउनुभयो । उर्बरमय देश नेपाल सधैं पछाडि पर्न र गरिब रहिरहन नसक्ने भन्दै उहाँले देशलाई एमालेले समृद्ध बनाउने बताउनुभयो।

पार्टीले गरिरहेको संकल्प यात्राले जनतामा उत्साह देखिएको समेत अध्यक्ष ओलीले बताउनुभयो ।