अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको गठबन्धन देश र जनताको हितमा छैन: अध्यक्ष ओली

अहिलेको गठबन्धन देश र जनताको हितमा छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार देश र जनताको हितमा नरहेको बताउनु भएको छ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत बिहीबार तेह्रथुमको वसन्तपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हाे ।

गठबन्धन सरकार बनेपछि विकासको गति रोकिएको भन्दै अध्यक्ष ओलीले यो सरकार देश र जनताका हितमा नरहेकाले ढल्नैपर्ने समेत बताउनुभयो। सरकार जतिबेला पनि ढल्न सक्ने भन्दै उहाँले यो सरकार आफ्नै बोझले ढल्ने समेत बताउनुभयो।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।