अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्नगल प्रचार नगर्न एमालेको आग्रह

अर्नगल प्रचार नगर्न एमालेको आग्रह


विराटनगर-नेकपा एमालले मादक पदार्थ सेवन गरेका व्यक्तीले देखाएको अस्वभाविक व्यबहारलाई अर्नगल प्राचार नगर्न आग्रह गरेको छ ।

एमाले केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले मादक पदार्थ सेवान गरेको व्यत्तीले देखाएको अस्वभाविक व्यबहारलाई लिएर सामाजिक सञ्जालमा अर्नगल प्राचार भएको प्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उहाँले भन्नुभएको छ, हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। तथ्य नबुझी अनर्गल प्रचार नगर्न अनुरोध गर्दछु।’