अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धि संकल्प यात्राको सफलतालाई अन्यत्र मोड्न जड्याहाको हर्कत बहाना मात्र : महासचिव पोखरेल

समृद्धि संकल्प यात्राको सफलतालाई अन्यत्र मोड्न जड्याहाको हर्कत बहाना मात्र : महासचिव पोखरेल


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक जड्याहाको हर्कतलाई एमालेको मध्यपहाड यात्राको सफलताले आत्तिएकाहरुले ध्यान अन्यत्र मोड्ने बहाना भएको बताउनुभएको छ ।
धनकुटा प्रकरण बारेमा सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यो प्रचारबाजी भ्रमपूर्ण रहेको उल्लेख गर्नुभएको छ । अभियानको सफलताबाट जलिरहेकाहरुको नियत यस प्रकरणले उजागर गरेको उहाँले बताउनुभएको छ । एमाले आफ्नो उद्धेश्यमा सदा अडिग र अविचलित रहेको स्पष्ट पार्नुभएको छ । महासचिव पोखरेलले लेख्नु भएको छ :
एउटा जड्याहाको अस्वभाविक हर्कत कतिलाई समृद्धिका लागि संकल्प यात्राको अभुतपूर्व सफलतावाट र त्यसले दिएको सन्देशवाट ध्यान अन्यत्र मोड्ने बहाना बनेको छ । अध्यक्ष माथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो । यसवाट अभियानको सफलताले जलिरहेकाहरुको नियत भने उजागर भएको छ । हामी सचेत र स्पष्ट छौ आफ्नो अभियान र उद्देस्यमा ।