अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउने पार्टी भनेको एमाले मात्रै हो: अध्यक्ष ओली

देश बनाउने पार्टी भनेको एमाले मात्रै हो: अध्यक्ष ओली


तेह्रथुम-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री एवं केपी शर्मा ओलीले नेकपा एमाले देश बनाउने पार्टी भएको बताउनु भएको छ ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा बिहीबार तेह्रथुमको वसन्तपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हाे।

अध्यक्ष ओलीले भन्नुभयो. ‘नेकपा एमाले भनेको देश बनाउने पार्टी हो। जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने पार्टी हो।’

अध्यक्ष ओलीले नेपालीको एउटै समस्या गरिबी र अभाव भएको बताउनुभएको छ। उहाँले भन्नुभयो’ ‘गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपालका साझा शत्रु हुन् । पूर्वमा होस् अथवा पश्चिममा, जहाँ बसे पनि हाम्रो समस्या एउटै छ, गरिबी, बेरोजगारी, विपन्नता, भोकमरी, अभाव आदि जस्ता कुरा हामी सबैका साझा समस्या हुन्।’

संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरेर सुशासन र विकासको बाटोतिर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो। जसका लागि कृषिमा व्यवसायीकरण र वैज्ञानिकीकरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । देशभरी कुन ठाउँमा कस्तो विशेषता छ त्यही अनुसारको आधुनिक कृषि प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ। माटो अनुसारको खेतीपाती गर्नुपर्छ, अब ससानो होइन ठुलो मात्राको उत्पादन गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

नेपाली जनतामा देशको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डतालाई तलमाथि पर्न नदिने संकल्प रहेको ओलीले बताउनुभयो । विश्वका ठुला ठुला देश उपनिवेश हुँदा पनि नेपाल कहिल्यै उपनिवेश नभएको गौरवपूर्ण इतिहास रहेको उहाँको भनाइ छ । ‘हाम्रो देशको विकास हामीले नै गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।

अहिले देशमा वितण्डा मच्चाउन अनेक खालका काम भएको र त्यसमा सरकारमा नै रहेका व्यक्तिको संलग्नता रहेको ओलीले बताउनुभयो । नेकपा एमाले शान्तिपूर्ण ढङ्गले देश विकासमा दृढसंकल्पित रहेको उहाँले बताउनुभयो उहाँले लोकतन्त्रलाई अघि बढाउने पार्टी भएकोले अन्यत्र अलमलिएकालाई पनि एमालेमा आउन र थप सुदृढ पार्टी बनाउने उहाँले आह्वान गर्नुभयो । ‘अब नेकपा एमाले जाग्नु पर्छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सबैलाई शान्तिपूर्ण ढङ्गले आफ्ना विचार राख्न सबैलाई आग्रह गर्नुभयो । ‘गलत बाटो लिएर सही ठाउँमा कोही पनि पुग्दैन, पुगेको छैन, म आग्रह गर्न चाहन्छु शान्ति बिना देशको विकास हुँदैन’, ओलीले भन्नुभयो ।

अहिले सरकारमा रहेकाहरू क्विन्टलका क्विन्टल सुन तस्करी गरेर बसेका उहाँले बताउनुभयो । एनसीयल बिक्री प्रकरणमा पनि सरकारको प्रत्यक्ष संलग्नता रहेको ओलीले टिप्पणी गर्नुभयो । सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसीएल कौडिको भाउमा अर्को कम्पनीमा नामसारी गर्न लगाएको उहाँको भनाइ छ ।

ओलीले नेकपा एमालेले आफ्नालागि नभएर देश र जनताको लागि काम गरिहरेको बताउनुभयो । नेकपा एमालले सम्पूर्ण जनताको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर अघि बढेको उहाँले स्पष्ट पर्नुभयो । देशमा अब परिवर्तन आवश्यक भएकोले एमालेले मिसन २०८४ भनिरहेको उहाँले बताउनुभयो । झुलाघाट–चिवाभञ्ज्याङ अभियान मिसन २०८४ कै एउटा अङ्ग भएको उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रिय शक्तिलाई कसैले पछार्न नसक्ने गरी अपराजी बनाउने मिसन २०८४ जरुरी रहेको उहाँले बताउनुभयो । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार कुनै पनि बेला ढल्न सक्ने बताउनुभयो । एमालेलाई सरकारबाट हटाएपछि देश अराजनीतिक गतिविधि ‘कति बेर सरकार ढल्छ टुङ्गो छैन, ढल्न त यो सरकार ढल्छ’, उहाँले भन्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।