अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेलको शेयर खरिद अनियमिततामा सरकारको संलग्नता छ: अध्यक्ष ओली

एनसेलको शेयर खरिद अनियमिततामा सरकारको संलग्नता छ: अध्यक्ष ओली


तेह्रथुम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाउनुभएको छ । बिहीवार तेह्रथुममा समृद्धिका लागि संकल्प यात्रामा आयोजित आमसभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले भन्नुभयो , ‘ सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । ‘
उहाँले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गर्नुभएको छ । उहाँले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताउनुभयो । ‘खर्बौंको कारोबार, खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ । सयौँ गुणा फरक छ यसमा ।’

अध्यक्ष ओलीले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताउनुभयो । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको उहाँको भनाइ छ । उहााले नागरिकहरुले सरकारको संलग्नत छ भने पनि सरकार बोल्न नसकेको बताउनुभयो ।