अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा आज दिनभर तेह्रथुम जिल्लाभित्रै

एमालेको मध्यपहाडी यात्रा आज दिनभर तेह्रथुम जिल्लाभित्रै


काठमाडौं-नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ । तेह्रथुमको बसन्तपुरबाट अहिले बिवहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको पर्यटकीय स्थल संक्रान्ती बजारमा पुगेर बास बस्नेछ ।
यात्रामा रहनु भएका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थानमा स्थानीय बासिन्दा ,राजनीतिक दलका नेताहरु,जनप्रतितिनिधीसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यहाँबाट अघि बढेको टोली तेह्रथुमकै औंशी डाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या र विकासका सम्भवना बारे छलफल गर्ने तयारी छ । साँझ संक्रान्ती बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिनुभयो । आजको यात्रा दिनभर तेह्रथुम जिल्ला भित्रै हुनेछ । यात्रा टोलीले आज ९४ किलोमिटर दुरी पार गर्नेछ ।
मध्यपहाडका समस्याको पहिचान र तिनको समाधानका उपाय पहिल्याउन एमालेले मध्पहाडी राजमार्ग अन्तरगतका २६ जिल्लाको यात्रा तय गरेको हो । १९ दिने यात्राको आज १६ औं दिन हो । यात्रामा एमालेको केन्द्रीय सचिवालयका सबै पदाधिकारी सहभागी छन् ।