अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन


काठमाडौँ–राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताको समय आज सकिँदै छ । 

निर्वाचन आयोगले संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने  जनाएको छ । 

मंसिर २४ देखि २९ गते (आज)सम्म दर्ता भएका दलले मात्रै माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । 

दल दर्ताका लागि आह्वान गरिएको दोस्रो दिन नै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दर्ताको निवेदन दिएका थिए । 

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ।