अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्राले एमाले जनतासँग नजिक भयो : उपमहासचिव ज्ञवाली 

मध्यपहाडी यात्राले एमाले जनतासँग नजिक भयो : उपमहासचिव ज्ञवाली 


काठमाडौँ–नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मध्यपहाडी यात्राले एमाले जनतासँग नजिक भएको बताउनुभएको छ । उहाँले मध्यपहाडी संकल्प यात्राका क्रममा ६ ७ लाख जनतासँग प्रत्यक्ष संवाद भएको बताउनभयो । उहाँका अनुसार मध्यपहाडी यात्राका क्रममा एमालेले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २५ लाख जनतासँग संवाद गरेको छ । 

उपमहासचिव ज्ञवालीले एमालेको लोकप्रियता खस्केको भन्ने भाष्य निर्माण गरिएपनि यात्राले त्यसलाई कम्जाेर गरेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो,’जनता एमालेको पक्षमा छन् । उहाँहरुले हामीलाई थुप्रै सुझाव दिनुभएको छ । हाम्रा कार्यशैलीका बारेमा पनि सुझाव आएका छन् । जनता आफ्ना नेता, नेतृत्व नजिक भएको देख्न चाहने रहेछन् ।’ 

उपमहासचिव ज्ञवालीले पहाडमा विकासको प्रचुर सम्भावना रहेकाले अब एमाले विकास केन्द्रित हुने बताउनुभयो । उहाँले पूर्वी नेपालमा आफ्नो अधिकारको नाममा मिलेर बसेको समाजमा तिक्तता बढाउने काम भइरहेको बताउनुभयो । उहाँले त्यस्तो नगर्न पहिचानवादीहरुलाई आग्रह पनि गर्नुभयो । 

उपमहासचिव ज्ञवालीले एमालेले मध्यपहाडी यात्रा ६ उद्देश्य लिएर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहाड विकासको प्राप्त सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि तीव्र बसाइसराइ, पूर्वाधारहरु गाउँ पस्ने तर मान्छेहरु सहर झर्ने । पछिल्लो समय बिदेसिने शृङ्खला छ यसका कारण के हुन र यसलाई कसरी रोकिन सक्छ र जनताका अनुभूति सुन्ने एमालेले मध्यपहाडी यात्रा सुरु गर्‍यो ।’ 

उपमहासचिव ज्ञवालीले जनतामा निराशा फैलाउने र देश बरबाद भयो भनेर निर्माण गरिएको भाष्यलाई चिर्न पनि एमालेले संकल्प यात्रा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीको ७५ औँ वर्षमा छाँै हामी । यो ७५ वर्षको बिचमा कम्युनिस्ट पार्टीले के गर्‍यो । अबको २५ वर्षमा कम्युनिस्ट पाटी १०० वर्ष पुग्दा देशको तस्बिर कस्तो हुन्छ भन्ने हाम्रो परिकल्पना छ । यो कुरा सम्प्रेषित गर्ने कुरा थियो ।’ 

उपमहासचिव ज्ञवालीले तेह्रथुमको वसन्तपुरसम्म आइपुग्दा एमालेले २९ वटा ठूला सभा र सयभन्दा बढी स–साना भेला गरेको जानकारी दिनुभयो ।