अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा बालिकाको हत्या, दुई जना पक्राउ

धनुषामा बालिकाको हत्या, दुई जना पक्राउ


महेन्द्रनगर–धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उहाँले बताउनुभयो । 

बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताउनुभयो ।