अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालो झण्डा देखाएर समस्याको समाधान हुँदैन : अध्यक्ष ओली

कालो झण्डा देखाएर समस्याको समाधान हुँदैन : अध्यक्ष ओली

 वैधानिक तरिकाले सत्ता गठबन्धन तोड्छौँ  


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो झण्डा देखाएर समस्याको समाधान नहुने बताउनुभएको छ ।

आज बिहान जन्मथलो तेह्रथुमको म्याङलुङ्गमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने बताउनुभयो ।

पहिचानवादीलाई लक्षित गर्दै उहाँले भन्नुभयो,’जे पनि आन्दोलन होइन, कालो झण्डा देखाउनु, अझ त्योभन्दा धेरै गर्नु समाधान होइन, लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्छ ।’

अध्यक्ष ओलीले अहिलेको व्यवस्था ल्याउन आफूहरुले जेलनेल र अनेकौँ कष्ट सहेको समेत स्मरण गर्नुभयो ।

यस्तै अध्यक्ष ओलीले वैधानिक तरिकाले वर्तमान सत्ता गठबन्धन तोड्ने बताउनुभएको छ ।उहाँले धैर्यता राखेर वैधानिक ढङ्गले नै गठबन्धन तोड्ने बताउनुभएको हो । उहाँले भन्नुभयो,‘लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ । अहिले हामी सरकारमा छैनौ, हामीलाई देशी–विदेशी षडयन्त्रहरू लागेर सरकारबाट हटाइयो । हामीले सुशासन ल्याउने काम गर्‍यौ, त्यसकारण हामीलाई हटाइयो । हामी फेरि पनि धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धन तोड्छौ ।’

उहाँले गठबन्धनका अपराधहरूलाई देशको प्रगतिका बाधक बनेका क्रियाकलापलाई वैधानिक ढङ्गले जनताको अभिमतबाट परास्त गर्ने बताउनुभयो ।