अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्मगाउँ आठराईमा अध्यक्ष ओली – सहिद रामनाथ दाहाल देखि सूर्य कन्दङ्वासम्मको सम्झना

जन्मगाउँ आठराईमा अध्यक्ष ओली – सहिद रामनाथ दाहाल देखि सूर्य कन्दङ्वासम्मको सम्झना


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्मस्थान पुगेर सुखानीका सहिद रामनाथ दाहाल आफ्ना पुराना सहयात्रीहरुको स्मरण गर्नुभएको छ ।
मधयपहाडी यात्राका क्रममा तेह्रथुमको संक्रान्ती बजारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले झापा विद्रोहको बीउ रोप्ने आफ्ना आग्रज रामनाथ दाहाल र जनपक्षीय नेता द्रोणचार्य क्षेत्री यसै ठाउँका सन्तती भएको बताउनुभयो । अध्यक्ष ओलीले आठराई पुराना कम्यूनिष्ट नेताहरुको स्मरण गर्नुभएको छ ।
‘पञ्चायती व्यवस्था सुरु भएपछि यस ठाउँमा आन्दोलनको बीउ रोप्ने सिएम कन्दङ्वा,नरेश शाक्य,सूर्य कन्दङ्वा, रामनाथ दाहाल लगायतका नेताहरु अग्रजहरु र सहिदहरुलाई यस अवसरमा स्मरण गर्न चाहन्छु ’ संक्रान्ती बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नु भएको छ ।
नेकपा एमालेका विरुद्ध यसको सफलतालाई हेरेर यसको बिचारको प्रभावकारितालाई हेरेर विरोधीहरुले अनेक षडयन्त्र गरेको अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले नेपालको पहाडी क्षेत्रलाई हराभरा बनाएर बस्ती बस्न योग्य बनाउनु पर्ने बताउनुभएको छ । ‘मुलत हाम्रो देश पहाडी देश हो । आधा जनसंख्या भएको पहाड,भूभाग पनि प्रशस्त भएको पहाड तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिवीको मारमा परेका छौं’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसको सदुपयोग गर्न कृषीको आधुनिकिकरण,व्यवसायिकिरण गर्न जरुरी छ । वैज्ञानिक ढंगले आधुनिक प्रविधीको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ ।’