अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘बिर्तामोडलाई बुझ्न ‘बिर्तामोड , उद्भव र विकास’ पुस्तक पढ्नै पर्ने

‘बिर्तामोडलाई बुझ्न ‘बिर्तामोड , उद्भव र विकास’ पुस्तक पढ्नै पर्ने


विर्तामोड- लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड , उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रमका वक्ताहरुले बिर्तामोडलाई बुझ्नका लागि यो पुस्तक पढ्नै पर्ने सुझाव दिएका छन् । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा भएको छ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लीला उदासीले ‘बिर्तामोड’ पुस्तक बिर्तामोडबासी मात्र नभएर यस क्षेत्रसँग सरोकार राख्ने सबैको सार्वजनिक सम्पत्ति भएको बताउनुभयो । उहाँले यस पुस्तकलाई मिलेसम्म बिर्तामोड नगरपालिकाभित्र पाठ्यक्रममै समावेश गर्न उहाँले जोड दिनुभयो । ‘बिर्तामोडमा बस्नेले कम्तीमा बिर्तामोडलाई बुझ्न जरुरी छ’, उहाँको भनाइ छ, ‘त्यसका लागि यो पुस्तक पढ्न र संग्रहित गर्न आवश्यक छ ।’
कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले पुस्तकमा रहेका विषयवस्तु र कमी कमजोरीलाई प्रस्ट पार्नुभयो । उहाँले इतिहास लेखन जटिल भएको बताउँदै कमीकमजोरीलाई आगामी संस्करणमा सुधार गर्न सुझाव दिनुभयो। कार्यक्रममा लेखक संघ झापा अध्यक्ष कुमार भट्टराईले यस किसिमका पुस्तक भावी पुस्ताका लागि सन्दर्भ सामग्री हुने भएकाले लेखकले साहित्यका अन्य विधामा भन्दा बढी जिम्मेवार हुनु पर्ने बताउनभुयो ।