अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि संकल्प यात्रा देशलाई राजनीतिक स्थायित्व दिने अभियान : शिवमाया तुम्बाहाम्फे

समृद्धिका लागि संकल्प यात्रा देशलाई राजनीतिक स्थायित्व दिने अभियान : शिवमाया तुम्बाहाम्फे


पाँचथर – नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले समृद्धिका लागि संकल्प यात्राले पहाडको सम्भावना र चुनौतीको पहिचान गरिएको बताउनुभएको छ । नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शनिबार पाँचथर पुग्नुभएकी तुम्बाहाम्फेले यात्राले नेपालको समृद्धिको आधार तयार गरेको बताउनुभयो । ‘देशलाई समृद्धिमा लैजान हामीले के गर्नुपर्छ भन्ने विषयमा संकलित विषय बस्तुलाई संकलन गरेर हामीले अगाडि बढाउँछौँ’, उहाँले भन्नुभयो । अभियानमा मिसन २०८४ लाई पनि जोडेको उहाँले बताउनुभयो । २०८४ सालको निर्वाचनमा नेकपा एमालेलाई एकल बहुमत दिलाउन यो अभियानले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘देशलाई राजनीतिक स्थायित्व दिनको लागि पनि यो अभियानले सहयोग गर्छ’, उहाँले भन्नुभयो । नेकपा एमाले लगातार पहिचानको पक्षमा लड्दै आएको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । त्यसैले संविधानमा हरेक क्लस्टरमा पहिचान सहितको सहभागिता स्थापित गर्न सफल भएको उहाँले बताउनुभयो । ‘अहिले पनि हामी निरन्तर पहिचानको पक्षमा लडिरहेका छौँ, अघि बढिरहेका छौँ’, उहाँले भन्नुभयो । कोशी प्रदेशको नामाकरणको सम्बन्धनमा केही व्यक्ति र समूहले विरोध गरेको प्रति उहाँले संविधानको बाटोबाट त्यसको समाधान खोज्न आग्रह गर्नुभयो । प्रदेश सभामा बहुमत पुर्‍याएर वा अहिलेकै प्रदेश सभाका सदस्यलाई कन्भिन्स गराएर नाम संशोधन गर्न उहाँले सुझाव दिनुभयो । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

S