अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको जनसभा भाँड्ने १७ दिन लामो प्रयास असफल, फिदिममा उर्लियो एतिहासिक जनसागर

एमालेको जनसभा भाँड्ने १७ दिन लामो प्रयास असफल, फिदिममा उर्लियो एतिहासिक जनसागर


काठमाडौं – पाँचथरको फिदिममा नेकपा एमालेले शनिबार राखेको जनसभा भाँड्न धेरै प्रयास भयो ।
कथित जातीय पहिचानवादीको नाममा एमाले विरोधी सो सभा भाँड्न एकजुट भए । केही शक्तिले एमालेको कार्यक्रमलाई लक्षित गरेर कोशी बन्दको आह्वान गरे । ठाउँ ठाउँमा रुख ढाले, नागरिकलाई सभामा नजान उर्दी जारी गरे, बम पड्काउने डर देखाए, चिहान खन्न धम्की दिए ।
एमालेको सभा भाँड्न कथित पहिचानवादी देखिने गरी घोषणा गरेरै लागे । एमाले विरोधी अन्य राजनीतिक दल तिनै पहिचानवादीको आवरणमा उनीहरूको पछि पछि लागे ।
एमालेको बैतडीको झुलाघाट स्थिति महाकाली नदी किनारबाट यात्रा सुरु भएकै दिनबाट कोशी प्रदेशमा एमालेको अभियान छिरेपछि अभियान भाँड्ने र आक्रमण गर्ने योजना बन्यो । कथित पहिचानवादीका एक जना नेताले त उदयपुरको घुर्मीमा एमालेको चिहान खन्ने धम्की सार्वजनिक सञ्चार माध्यबाट नै दिए ।
उनको त्यो धम्कीमा सरकारले मौन समर्थन जनायो । उनी माथि कुनै कारबाहीको प्रक्रिया अघि बढाएन । घुमाउरो हिसाबले उनको अभिव्यक्तिमा सरकारको पनि समर्थन थियो ।
झुलाघाटबाट चिवाभञ्ज्याङ पुग्ने लक्ष लिएर अघि बढेको नेकपा एमालेको अभियान कोशी छिरेपछि कुनै पनि ठाउँमा वितण्डा मच्चिन्छ, कुनै पनि ठाउँमा हिंसात्मक घटना हुन्छ भन्ने त्रास फैलाइयो । कार्यक्रममा जान ठिक परेका नागरिकलाई तर्साइयो, कतिलाई धम्क्याइयो, कतिपय ठाउँमा सडकमा रुख ढालियो । तर नागरिकले कथित पहिचानवादीलाई टेरेनन्, उनीहरूको धम्कीबाट डराएनन् ।
उनीहरूको त्रास र धम्कीलाई खारेज गर्दै कोशी प्रदेशमा एमालेका अभियान छिरेसँगै एमालेको पक्षमा जनसागर उर्लियो । ओखलढुङ्गा, भोजपुर, तेह्रथुममा ठुला ठुला सभा भए ।
अभियानको अन्तिम सभा आज पाँचथरको फिदिममा राखिएको थियो । आजको सभा रोक्न एमाले विरोधीले निक्कै मेहनत गरे । एमाले नेता, कार्यकर्तालाई थर्काए, जनतालाई धम्क्याए, ठाउँ ठाउँमा अवरोध सिर्जना गर्ने प्रयास गरे । तर उनीहरूका सारा प्रयास विफल भए ।


फिदिम बजारमा अहिलेसम्म कहिल्यै जम्मा नभएमा मानिसहरू जम्मा भए । फिदिमको सभा नागरिकले ऐतिहासिक बनाए । एमालेको विरोधमा भ्रम फिँजाउनेलाई नागरिकहरूले नराम्रो झापड हाने । एमाले जनताको पार्टी हो भन्ने प्रमाणित गरिदिए ।
एमालेको कार्यक्रम बिथोल्नु त के, आफूलाई कथित पहिचानवादी भन्ने र एमालेका विरोधी मुण्टो समेत उठाउन नसक्ने गरी घोप्टो परे । उनीहरूको डर, त्रास र धम्कीलाई नागरिकले रौँ बराबर पनि गनेनन् । उनीहरूको अवरोध र धम्कीले नागरिकलाई कार्यक्रममा जान अझ उत्प्रेरित गर्‍यो । एमालेले फिदिममा आयोजना गरेको जनसभालाई विशाल जनसभा बनाइदियो ।
नेकपा एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङ फिदिममा यति ठुलो जनसहभागिता अहिलेसम्म कुनै पनि कार्यक्रममा नजुटेको बताउनुहुन्छ । कार्यक्रममा नागरिक सहभागिता देखेर नेताहरू नै अचम्मित भए ।
कार्यक्रम सुरु हुनु अघिसम्म आयोजक नै जनसहभागिता कति हुने हो भन्ने अन्योलमा थियो । कार्यक्रमका आयोजक नेताहरू ठाउँ ठाउँमा अवरोधको प्रयास भइरहेको समाचार आएको कारण सोचे जस्तो सहभागिता हुँदैन कि भन्ने अवस्थामा हुनुहुन्थ्यो । तर जब एमालेको अभियान तमोर तर्‍यो तब फिदिममा मानव सागर नै उर्लियो । विभिन्न जात जातिका भेसभुसाको पहिचान सहितको झाँकी लिएर जनसागर उर्लियो ।
कार्यक्रम स्थलको खुल्ला मैदान एक्कैछिनमा भरियो । मैदानमा नअटेपछि कतिपय सहभागीले बाहिरै बसेर कार्यक्रम हेरेर फर्किए । फिदिमको जनसहभागिताले नागरिकलाई लडाउने, हिंसा मच्चाउने र फेरी पनि अशान्ति फैलाउने अभिव्यक्तिलाई खारेज गरिदिएको छ । नागरिक शान्ति र समृद्धिको पक्षमा छन् भन्ने कुरा प्रमाणित गरिदिएको छ ।