काठमाडौँ-नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३२.५१ र बिक्री दर १३३.११ रुपैयाँ रहेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसाले भाउ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०६ रुपैयाँ र बिक्री दर ८९.२९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसामा कारोबार हुँदा दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २६ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ र बिक्री दर ३५.४८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँमा कारोबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.१८ पैसा र बिक्रीदर ४३३.१३ पैसामा कारोबार हुनेछ ।







प्रतिक्रिया