अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदै

सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदै


काठमाडौँ–संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो ।