अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिचानवादीहरूले एमालेको संकल्प यात्रामा भय र आतंकको वातावरण सिर्जना गर्ने प्रयास गरे : महासचिव पोखरेल

पहिचानवादीहरूले एमालेको संकल्प यात्रामा भय र आतंकको वातावरण सिर्जना गर्ने प्रयास गरे : महासचिव पोखरेल


काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानवादीहरूले एमालेको मध्यपहाडी संकल्प यात्रामा भय र आतंकको वातावरण सिर्जना गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । पार्टीको झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रा समापनको पूवसन्ध्यामा सामाजिक सञ्जालमा लेख्दै उहाँले कोशी प्रदेशको नामकरणसँग असहमत पक्षले यात्रालाई अवरोध सिर्जना गर्ने कोसिस गरेको दाबी गर्नुभएको हो । 

‘३० र १ गते बन्दको घोषणा समेत गरे । तर यात्रा निर्वाध रुपमा अघि बढिरह्यो । जनताको अपार माया र सहभागिता कोशी प्रदेशमा आयोजना गरिएको कार्यक्रममा झनै छचल्कियो’, महासचिव पोखरेलले भन्नुभएको छ,’विरोध र बन्दको घोषणाका वावजुत जनताको यस यात्राप्रति जनताको अपार समर्थन किन प्रकट भयो आन्दोलनकारी पक्षले समेत बुझ्नु जरुरी हुन्छ ।’ 

महासचिव पोखरेलले पहिचानवादीहरुलाई चार विषय पनि सुझाउनुभएको छ । उहाँले एमाले सबै प्रकारका असहमतिहरुलाई राजनीतिक रुपमा कदर गर्ने बताउनुभयो । सिके राउत र विप्लव समूहलाई मूलधारको राजनीतिमा एमालेले ल्याएको भन्दै उहाँले एमाले समस्याको सर्जक नभई समाधान भएकाले यसलाई पहिचानवादीहरूले पनि बुझ्नुपर्ने बताउनुभयो ।  

महासचिव पोखरेलले कोशी प्रदेशमा समृद्धिका लागि संकल्प यात्रा टोली आउँदा स्वागत गरेर आफ्ना चासो र मागहरु प्रस्तुत गरेको भए राजनीतिक अवसरवाद र अस्थिरता सिर्जना गर्न खोज्ने प्रवृत्तिका विरुद्धमा नयाँ ढंगले छलफल गर्ने वातावरण सिर्जना हुने बताउनुभयो ।  

एमालेको समृद्धिका लागि संकल्प यात्रा आज सकिँदैछ ।