काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार ३०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया