अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि संकल्प यात्रा: राष्ट्रिय झण्डा फहराउँदै अध्यक्ष ओलीद्वारा समपान

समृद्धिका लागि संकल्प यात्रा: राष्ट्रिय झण्डा फहराउँदै अध्यक्ष ओलीद्वारा समपान


पाँचथर-बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग समृद्विका लागि संकल्प अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ।

मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराई सुरु गर्नुभएको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गर्नुभएको हाे। 

अध्यक्ष ओली आज बिहान सदरमुकाम फिदिमबाट हेलिकप्टरमार्फत नेपाल-भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुग्नुभएको थियो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो । यात्राका क्रममा प्राप्त सुझा, ध्यानाकर्षण पत्र, ज्ञापन पत्र समेतलाई अध्ययन गरी मध्यपहाडको विकास खाका तयार गरिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ।