अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि संकल्प यात्रा सकेर अध्यक्ष ओली फर्कनुभयो काठमाडौं

समृद्धिका लागि संकल्प यात्रा सकेर अध्यक्ष ओली फर्कनुभयो काठमाडौं


काठमाडौं-मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा समापन गरेर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किनु भएको छ।

आज यात्राको पूर्वी समापन विन्दु पाँचथरको चिवाभञ्ज्याङ्बाट हेलिकप्टर मार्फत उहाँ काठमाडौं फर्कनु भएको हो। यात्रा अवधीभरि सडक यात्रा गर्नुभएका अध्यक्ष ओलीले पाँचथरको फिदिम देखि चिवाभञ्ज्याङ्सम्म भने हेलियात्रा गर्नुभएको थियो।

मौषमी प्रतिकुलताका कारण अध्यक्ष ओली हेलिकप्टर मात्रा चिवा भञ्ज्याङ् पुग्नुभएको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो।

अध्यक्ष ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गर्नु भएको हो। अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो।

मंसिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन भएको हो । एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो।