अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डा

एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डा


काठमाडौँ-नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजदेखि बस्ने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजदेखि सुरु हुन लागेको हो ।  

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । विभागका अनुसार बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने छ । 

यस्तै बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने विभागको भनाइ छ ।